बजारमा खुद्रा पैसाको अभाव, तोकिए भन्दा बढी शुल्क तिर्न बाध्य सर्वसाधारण

दैनिक उपभोगका सामान खरिद गर्दा होस वा सार्वजनिक यातायातमा यात्रा गर्दा सर्वसाधारण तोकिए भन्दा वढी शुल्क तिर्न बाध्य भएका छन् । बजारमा एक, दुुई रुपैयाँका नोट तथा सिक्का अभाव भएका कारण सर्वसाधारणले पाउनुपर्ने सानो रकम फिर्ता नपाउने गरेका हुन् । दैनिक उपभोग्य समाना खरिद गर्दा सानो रकम फिर्ता दिनुपर्ने अवस्थामा पसलले चक्लेट दिने गरेका छन्…