आश्वासनमै बित्यो ४४ वर्ष, कहिले बन्छ पश्चिम सेती ?

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको लागि समृद्धिको 'गेम चेन्जरको' रुपमा रहेको पश्चिम सेती जलविद्युत आयोजना बनाउने आश्वासन दिन सुरु भएको ४४ बितेको छ । तर अझै यो परियोजना कहिले सम्पन्न हुन्छ, भन्न सकिने अवस्था छैन । पश्चिम सेती आयोजना डोटी, बैतडी, डडेलधुरा र बझाङ जिल्लाको सीमा क्षेत्रमा रहेको सेती नदीमा बन्ने राष्ट्रिय गौरवको आयोजना हो ।…