अब विदेश भ्रमणमा जाने नेपालीले ३ हजार डलर लैजान पाउने

काठमाडौँ । विदेश भ्रमणमा जाने नेपालीले अब ३ हजार अमेरिकी डलर लैजान पाउनेछन् । आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर प्राडा विश्वनाथ पौडेलले यस्तो घोषणा गरेका हुन् । हाल यस्तो रकमको सीमा २ हजार ५ सय डलर रहेको छ । त्यसलाई बढाएर ३ हजार डलर लैजान पाउने रकमको सीमा बनाएको हो…