‘बर्खामा तरकारीको उत्पादन कम हुने भएकाले भाउ बढ्नु स्वाभाविक हो’

काठमाडौँ । पछिल्लो समय तरकारीको मूल्य एकदम आकासिएको छ । विगत १ महिनाको अवधिमा तरकारीको भाउ ७०० प्रतिशतसम्म बढेको कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिको दैनिक मूल्य सूचीमा उल्लेख छ । बर्खा लागेसँगै फलफूल तथा तरकारीको मूल्य दिनप्रतिदिन महँगिँदै गएको छ । दैनिक तरकारीको मूल्य आकासिँदै जाँदा आमउपभोक्ताको भान्सा पनि महँगो हुँदै गएको छ…