राष्ट्रिय वाणिज्य बैंकले ५४ जना नवनियुक्त कर्मचारीहरुलाई पूर्व सेवाकालिन तालिम प्रदान गरेको छ । बैकले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट बागमती र गण्डकी प्रदेशका लागि छनौट भएका नवनियुक्त सहायक प्रशासन सेवाका ५४ जना कर्मचारीहरुलाई सोमबारबाट चौध दिने पूर्व सेवाकालिन तालिम काठमाडौंमा सञ्चालन गरेको हो । तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत…