एशियाली विकास बैंक (एडिबी)द्वारा देशका विभिन्न भागमा सञ्चालित भौतिक पूर्वाधार निर्माणका परियोजनाको समग्र प्रगति सुस्त रहे पनि केही आयोजनामा अपेक्षाकृत सुधार भएको सार्वजनिक भएको छ । एडिबीको अनुदान र ऋण सहयोगमा सञ्चालित ३१ आयोजनामध्ये अधिकांशको प्रगति लक्ष्यअनुसार हुन नसकेको तर भुक्तानीमा भने उल्लेख्य सुधार भएको बैंकले आज राजधानीमा गरेको वार्षिक समीक्षा बैठकमा सम्बद्ध पक्षले बताएका…