यामाहा नेपालले डब्लूटी २० आइ त्रिकोणात्मक शृङ्खला २०२५ को टाइटल प्रायोजन गर्ने

काठमाडौँ। यामाहा नेपालले माघ १७ देखि २५ गतेसम्म टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने डब्लूटी २० आइ त्रिकोणात्मक शृङ्खला २०२५ को टाइटल प्रायोजनको घोषणा गरेको छ। तीन प्रतिस्पर्धी राष्ट्रहरू नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डबीच हुने यो प्रतियोगिताका खेलहरू दिउँसो १२ः१५ बजे सुरु हुनेछन्। डब्लूटी २० आइ त्रिकोणात्मक शृङ्खलाको बारेमा एमएडब्लू राइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी…