काठमाडौँ । सन् १९७५ मा नेपालका सीमित सवारीसाधन आयातकर्ता र व्यवसायीहरू मिलेर स्थापना गरेको सानो संगठन आज पाँच दशक पूरा गरी स्वर्ण जयन्ती मनाउने मोडमा आइपुगेको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो ५० वर्षे ऐतिहासिक यात्राको अवसरमा ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी…