एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता

काठमाडौँ । एनआईसी एशिया क्यापिटल लिमिटेड र रुपाकोट रिसोर्ट लिमिटेडबीच सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार एनआईसी एशिया क्यापिटलले रुपाकोट रिसोर्टलाई भविष्यमा प्रचलित कानुनबमोजिम सर्वसाधारणमा प्राथमिक शेयर निष्कासन गर्न आवश्यक पर्ने परामर्श तथा निष्कासनसम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराउनेछ। एनआईसी एशिया क्यापिटलले आफ्नो ‘आईपीओ टु आईपीओ’…