डिजिटल नेपाल कन्क्लेभ २०२६ यसै साता हुँदै, डिजिटल गभर्नेन्स, डेटा र डिजिटल अर्थतन्त्रमा केन्द्रित

काठमाडौँ । सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको चर्चित सम्मेलन ‘डिजिटल नेपाल कन्क्लेभ २०२६’ को पाँचौँ संस्करण यसै साता आयोजना हुने भएको छ । आईसीटी फाउन्डेसन नेपालले आयोजना गर्ने कन्क्लेभ भदौ ११ गते बिहीवार ललितपुरस्थित द प्लाजामा आयोजना हुने भएको हो । यस वर्षको सम्मेलनको मुख्य विषय ‘रिइम्याजिनिङ गभर्नेन्स, डेटा एन्ड द डिजिटल इकोनोमी’ रहेको…