बुटवल । पश्चिम नेपालको हस्पिटालिटी क्षेत्रमा एक ऐतिहासिक पाइला सार्दै, हायात प्लेस बुटवलुले आधिकारिक रूपमा आफ्नो सेवा सुरु गरेको घोषणा गरेको छ। यो बुटवल सहरकै पहिलो अन्तर्राष्ट्रिय ब्रान्डको पाँचतारे होटल हो। यो सुरुवातले बुटवलको बढ्दो आर्थिक र पर्यटकीय महत्त्वलाई उजागर गर्नुका साथै तीव्र विकासको पथमा रहेको यहाँको बजारमा विश्वस्तरीय हस्पिटालिटीको मापदण्ड स्थापित गरेको छ। होटलले…