काठमाडौँ । वाणिज्य बैंकहरूले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरुले माघ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । नयाँ ब्याजदरअनुसार अधिकांश बैंकहरूले पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। पुस महिनाको तुलनामा माघ महिनामा बैंकहरुको ब्याजदर ०.०१५५ प्रतिशतविन्दु घटेको छ। २० बैंकहरू मध्ये २ बैंकले ब्याजदर घटाएका छन् भने…