काठमाडौँ । बीमा कम्पनीहरूले सर्वसाधारण (पोलिसीहोल्डर) बाट संकलन गरेको प्रिमियम रकमलाई सेयर बजारमा परिचालन गर्ने क्रम तीव्र बनाएका छन् । बजारको सस्तो मूल्यको फाइदा उठाउँदै कम्पनीहरूले जोखिम न्यूनीकरण र दीर्घकालीन प्रतिफलका लागि सेयर बजारमा लगानी आक्रामक बनाएका हुन् । यसअघि कुल लगानीको ठूलो हिस्सा बैंकको मुद्दती निक्षेपमा राख्दै आएका बीमा कम्पनीहरूले पछिल्लो समय लगानी विविधीकरणको…