चिलिमे जलविद्युत् कम्पनीले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले ७० करोड १८ लाख ३४ हजार खुद नाफा गरेको छ । जुन अघिल्लो वर्षभन्दा ५.८७ प्रतिशत कम हो । अघिल्लो वर्ष कम्पनीले ७४ करोड ५५ लाख ९० हजार खुद नाफा गरेको थियो।…