भौतिक पूर्वाधारका निर्माणाधीन र अधुरा आयोजनाको निरन्तरता दिँदै सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७÷७८ को बजेट सकारात्मक भएको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि चालिएका कदमबाट प्रभावित निर्माण व्यवसायलाई पुनःउत्थानमा जोड, व्यवसायीको इजाजतपत्रको नवीकरणको शुल्क मिनाहा, बैङ्क ग्यारेन्टी र बीमाको म्याद थप, श्रम सूचना बैङ्कको स्थापना, रोजगारीका लागि…