भारतीय वित्तीय क्षेत्रमा संकट बढ्दै, बडोदा बैंकको मात्रै ७३ हजार करोड खराब कर्जा

भारतको बैंकिङ क्षेत्रको खराब सम्पत्तीको हिस्सा झनै बढ्ने देखिएको छ । विश्वभरी माहामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण एक महिना भन्दा धेरै समय लकडाउन भएपछि खराब सम्पत्तीको अंश झनै उच्च दरमा वढ्ने अनुमान गरिएको छ । अघिल्लो वर्ष अर्थात सन २०१८ को डिसेम्बरमा भारतीय बैंकिङ क्षेत्रको खराव कर्जाको अंश कुल कर्जाको ११.२ प्रतिशत रहेको थियो…