जनताको जीवनरक्षाकै लागि लकडाउन र आर्थिक गतिविधि सँगसँगै : अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरसबाट जनताको जीवनरक्षाका लागि जारी बन्दबन्दीकैबीचमा अर्थतन्त्रलाई क्रमशः चलायमान बनाइने बताएका छन । राष्ट्रियसभाको आजको बैठकमा पूर्वबजेट छलफलअन्तर्गत आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) सम्बन्धमा भएको छलफलपछि जवाफ दिँदै मन्त्री खतिवडाले अहिलेको पहिलो चुनौती जीवनरक्षा भएको र जीवनरक्षाकै लागि आर्थिक गतिविधिलाई पनि सँगसँगै अघि बढाउने दिशामा…