बजेट तथा मौद्रिक नीतिका व्यवस्था बैंकहरूले कार्यान्वयन नगरेको व्यवसायीको गुनासो

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले मौद्रिक नीति मार्फत दिइएका सुविधाहरू बैंकहरूले कार्यान्वयन गर्न आनाकानी गरिरहेको गुनासो गरेका छन् । बुधबार महासंघका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा अर्थ मन्त्रालयद्वारा आयोजित कार्यक्रममा व्यवसायीले अर्थमन्त्री समक्ष सो गुनासो गरेका हुन । सो भेटमा महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिड संकटमा महासंघले दिएका कतिपय सुझावहरू बजेट तथा मौद्रिक नीति मार्फत संवोधन भएको…