माइक्रोफाइनान्सका ‘ओभर ड्यू बरोअर’ २ लाख थपिँदा जोखिम व्यवस्था एक अर्बले बढ्यो

लघुवित्त क्षेत्रमा कर्जा 'डिफल्ट' बढ्ने क्रमले चालु आर्थिक वर्षमा पनि निरन्तरता पाएको छ । आर्थिक गतिविधिमा आएको सुस्तता र सर्वसाधारणको आम्दानी सुधार आउन नसक्दा लघुवित्त क्षेत्रको समस्या कायमै रहेको हो । कोरोना महामारी लगत्तैको आर्थिक मन्दीका कारण सर्वसाधारणको आम्दानीमा गिरावट आएपछि ग्रामीण भेगमा वित्तीय सेवा प्रदान गर्ने लघुवित्त वित्तीय संस्थाहरुमा समेत समस्या बढ्न थाल्यो ।…