काठमाडौँ । सरकारले दिने सहुलियतपूर्ण कर्जा काठमाडौँ केन्द्रित भएको पाइएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार सहुलियतपूर्ण कृषि कर्जा वितरणमा व्यापक विसंगती रहेको पाइएको हो । विशेषगरी वागमती प्रदेश र त्यसमाथि पनि काठमाडौं उपत्यकामा भएको कर्जा प्रवाहको विश्लेषण गर्दा वास्तविक कृषक भएको क्षेत्रमा भन्दा पनि सहरी क्षेत्रमा कर्जा प्रवाह बढी भएको पाइएको छ…