प्राधिकरण ठूला जलाशययुक्त तथा आकर्षक आयोजनाहरू निर्माणमा केन्द्रित रहनेछ: कुलमान घिसिङ

विगतका वर्षहरूमा जस्तै गत आ.व. २०७९/८० मा पनि विद्युत उत्पादनमा वृद्धि, प्रसारण तथा वितरण लाइन विस्तार, विद्युत खपतमा वृद्धि, स्वदेशमा खपत हुन नसकेको विद्युत निर्यात गर्न सफल भएका छौं । हाम्रो निरन्तर प्रयासबाट विगत सात वर्षदेखि प्राधिकरणले मुनाफा आर्जन गर्दै आइरहेको छ । गत आर्थिक वर्षसम्म आइपुग्दा वार्षिक १२ अर्ब ३३ करोड नाफा आर्जन गरी…