राजनीतिक अस्थिरताले रोक्यो वैदेशिक लगानी, तीन दशकमा लक्ष्यको ३१ प्रतिशतमात्रै !

काठमाडौँ । विगत २९ वर्षमा प्रतिबद्धताको ३१.९ प्रतिशत मात्र प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक हेर्दा आर्थिक वर्ष (सन्‌मा) १९९५/९६ देखि आर्थिक वर्ष २०२३/२४ को अवधिमा उक्त मात्रामा रकम भित्रिएको हो । यसअवधिमा १६ खर्ब ३४ अर्ब २५ करोड ८७ लाख रुपैयाँ लगानी प्रतिबद्धता भएकोमा ५ खर्ब १२ अर्ब…