काठमाडौँ । मुलुककै केन्द्रीय बैंक नेतृत्वविहीन भएको १ महिना बित्दासम्म पनि सरकारलाई गभर्नर नियुक्तिमा कुनै हतारो देखिएको छैन । नियम मिचेरै सरकारले गभर्नर नियुक्तिमा विलम्व गरिरहेको छ । नियमअनुसार गभर्नरले अवकाश प्राप्त गर्नु १ महिनाअघि नै सरकारले नयाँ गभर्नर नियुक्त गर्नुपर्ने व्यवस्था छ । तर, गभर्नर नियुक्ति गर्न न सरकारलाई हतारो छ, न सिफारिस समितिलाई…