‘आर्थिक सम्वृद्धिको लागि सूचना प्रविधिको विकासमा लगानी बढाउनुको विकल्प छैन’

नेपालको आर्थिक सम्वृद्धिका लागि सूचना प्रविधिको विकासमा लगानी बढाउनुको विकल्प नभएको सरोकारवालाहरुले बताएका छन् । आईसिटी फाउण्डेसन नेपालले शनिबार आयोजना गरेको डिजिटल नेपाल कन्क्लेभ २०२२ को विभिन्न सत्रहरुमा बोल्दै उनीहरुले सूचना प्रविधि क्षेत्रमा पर्याप्त अवसर भएपनि अहिलेसम्म लगानी भने कम रहेको बताए । लगानीको सम्भावना र अवसर भएपनि सरकार र निजी क्षेत्रबाट यसमा हालसम्म कमै…