नारायणी लिफ्टबाट पानी छोड्न समय लाग्ने, सिँचाइ नहुँदा किसान अन्योलमा

लामो समयको खडेरीका कारण धान रोप्न नपाएका यहाँका किसान नारायणी सिँचाइ आयोजनाबाट पानी नछोड्दा अझै अन्योलमा परेका छन् । यस सिँचाइ आयोजनाबाट पानी छोडेर धान रोप्ने किसान पानी छोड्ने दिन गन्दै बसेको समयमा लिफ्टबाट पानी छोड्न समय लाग्ने भएको हो । लिफ्टमा मेसीन जडानको काम भइरहेकाले केही दिन लाग्ने आयोजनाले जनाएको छ । आयोजनाका इन्जिनियर…