नेप्सेको प्रमुख कार्यकारी बन्न ११ जनाले दिए आवेदन, यस्तो छ सूची

रिक्त रहेको नेपाल स्टक एक्सचेञ्जको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ती पाउनका लागि ११ जनाले आवेदन दिएका छन् । कात्तिक २७ गते अन्तिम मिति राखेर अर्थमन्त्रालयद्धारा गठित पदपूर्ती समितिले आवेदन खुलाएकोमा २७ गते शनिबार परेकाले आज आइतबारसम्म आवेदन लिइएको हो । मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका अनुसार अनुसार नेप्सेको प्रमुख कार्यकारी अधिकृत बन्नका…