सरकारले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा नेपाली सहायक कामदार पठाउने भएको छ । सरकारले मंगलबार एक सूचना जारी गर्दै इजरायलको लागि कामदार पठाउने जनाएको हो । गत वर्षको अक्टोबरमा इजरायल–हमास युद्ध सुरु भएदेखि अवरुद्ध हुन पुगेको नेपाली कामदारहरूलाई इजरायल पठाउने प्रक्रिया पुनः सुरु गरिएको हो । प्यालेस्टिनी संगठन हमासका लडाकु इजरायलको सीमाभित्र प्रवेश गरी २०२३ अक्टोबर…