युरोपमा डिजेलको मूल्य प्रतिलिटर २.२४ युरो पुग्यो

काठमाडौँ । युरोपमा डिजेलको औसत मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । युरोपमा डिजेलको औसत मूल्य प्रतिलिटर २.२४ युरो (करिब २.५३ अमेरिकी डलर) पुगेको युरोपेली आयोगको तथ्यांकले देखाएको हो । अमेरिका र इजरायलको युद्धका कारण आपूर्ति घट्दा र प्रशोधन कार्यमा अवरोध आउनुका कारण पेट्रोल र डिजेलको मूल्य तीव्र रूपमा बढेको हो ।