पाल्पा । वर्षाका कारण हुनसक्ने सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सिद्धार्थ राजमार्गको दोभान(सिद्धबाबा सडकखण्डमा रातिको समयमा सवारी आवागमन रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले आजदेखि असोज १२ गतेसम्म बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी रोक्ने निर्णय गरेको हो । यात्रु तथा सवारीसाधनको सुरक्षालाई प्राथमिकतामा राख्दै जोखिम न्यूनीकरणका लागि यो निर्णय गरिएको…