पुराना सबैजसो बीम कम्पनीहरुको शेयरको भाउ उकालो लाग्न थालेपछि शेयर बजारमा हालै मात्र शेयर सूचीकरण गरेर दोस्रो बजारमा कारोबार भैरहेका बीमा कम्पनीहरुको शेयरमूल्य पनि बढ्न थालेको छ । मंगलबार सर्किट मूल्यमा बढेको नयाँ बीमा कम्पनीहरुको शेयरमूल्य बुधबार पनि ५ प्रतिशतभन्दा बढीले बढेको छ । अजोड, सानिमा जनरल, जनरल इन्स्योरेन्स, रिलायन्स लाइफको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी…