इप्पान र बीमक संघबीच छलफल, विज्ञ सम्मिलित समितिले तोकेको प्रिमियममा हाइड्रोको बीमा गर्ने सहमति

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र नेपाल बीमक संघ (एनआईए) बीच जलविद्युत आयोजनाको प्रिमियबारे छलफल भएको छ । प्रिमयमको विवादले धेरै आयोजनाले बीमा नविकरण नगरेपछि बीमक संघका पदाधिकारीहरु इप्पानसँग छलफल गर्न बुधवार इप्पान सचिवालयमा पुगेका हुन् । छलफलका क्रममा बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले पुनर्बीमा कम्पनीले नेपाली हाइड्रोपावरको पुनर्बीमा गर्नै नमान्दा गाह्रो भएको बताए…