लाइफ इन्स्योरेन्स कर्पोरेशनले अधिकतम ६४ रूपैयाँसम्म बोनस दर दिने

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले प्रतिहजार अधिकतम ६४ रूपैयाँसम्म बोनस दर वितरण गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष ०७८/७९ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन स्वीकृति भएकाले अर्को व्यवस्था नभएसम्मका लागि नयाँ बोनस दर निर्धारण गरेको हो । कम्पनीले निर्धारण गरेको अधिकतम बोनस दर बाल सावधिक बीमा योजनामा लागू हुनेछ ।…