नेपाल बीमा प्राधिकरणको आयोजनामा यही फागुन ७ गते आइतबार गण्डकी प्रदेशको तनहुँ जिल्लाको आँबूखैरेनी गाउँपालिकामा बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा आँबूखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले नागरिकका जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षा गर्नु गाउँपालिकाको पनि दायित्व भएकाले नीति तथा कार्यक्रममा नै समावेश गरी बीमा कार्यक्रमलाई अगाडि बढाउने बताए । अध्यक्ष चुमानले…