नयाँ जीवन बीमा कम्पनीका कारण पुराना कम्पनीको पोलिसी सरेण्डर हुने क्रम बढ्यो

नेपाल बीमा प्राधिकरणले नयाँ जीवन बीमा कम्पनीहरुलाई सञ्चालन अनुमति दिए पछि पुराना जीवन बीमा कम्पनीहरुको पोलिसी सरेण्डर हुने क्रम बढ्न थालेको छ। बीमा कम्पनीका अभिकर्ताले पुराना कम्पनीका बीमितलाई पोलिसी सरेण्डर गराउँदै नयाँ कम्पनीमा लैजान थालेपछि कम्पनीहरुमा यस्तो समस्या देखिन थालेको हो । चालु आर्थिक बर्ष २०७९/८० को पहिलो तीन महिनाको अवधिमा चार अर्ब ४३ करोड…