बीमा कम्पनीहरुमा कडा रोगका रुपमा देखिएको उद्यारो बीमा प्रवृतिलाई नेपाल बीमा प्राधिकरणले नियन्त्रण गर्न सफल भएको छ । अहिले कम्पनीहरुमा यस्तो प्रवृति लगभग शून्य मा रहेको प्राधिकरणका एक कर्मचारीले बताए । उनका अनुसार प्राधिकरणले नियमित निगरानी गर्न थालेपछि कम्पनीहरु यसबाट पछि हटेका हुन् । बीमा कम्पनीहरुले बीमा पोलिसी जारी गर्ने तर, बीमाशुल्क रकम भुक्तानी नलिने…