बीमा कम्पनीहरुको मूल्याङ्कन दाबी भुक्तानीको अवस्था हेरेर हुने, थोरै अंक पाउनेलाई कम सुविधा

बीमा समितिका कानून तथा नियमन महाशाखाका प्रमुख एवं निर्देशक दिनेश कुमार लालले बीमा दाबी भुक्तानीको अवस्थालाई समेत हेरेर बीमा कम्पनीहरूको मूल्याङ्कन गर्ने बताएका छन् । जीवन बीमा कम्पनीहरूका दाबी विभागका प्रमुखहरूसँग आज ललितपुरमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा उनले मूल्याङ्कनमा न्यून अङ्क प्राप्त गर्ने कम्पनीहरूले समितिबाट पाउने सुविधाहरूमा समस्या पर्ने अवगत गराए । निर्देशक लालले भने…