सिद्धार्थ इन्स्योरेन्सले आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको कार्तिक २९ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजी १ अर्ब २८ करोड ८० लाख रुपैयाँको ९.४७३७ प्रतिशतले हुन आउने कर समेत १२ करोड २० लाख २१ हजार ५३ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।…