हिमालयन रि इन्स्योरेन्सको नाफा १००.५४% बढ्यो, प्रतिसेयर आम्दानीमा पनि वृद्धि

हिमालयन रि इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ९३ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १००.५४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा ४६ करोड ४३ लाख रुपैयाँ थियो। समीक्षा अवधिमा कम्पनीको कुल आर्जित बीमाशुल्क १२३.९६ प्रतिशत बढेर ३ अर्ब…