रोजगारीका लागि विभिन्न मुलुक पुगेका नेपालीले २०७९ साउन महिनामा ९२ अर्ब २१ करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) नेपाल पठाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २०.३० प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्ष २०७८ को एक महिना अवधिमा (साउनमा) विप्रेषण आप्रवाह १७.४ प्रतिशतले घटेको थियो । विसं २०७८ साउनमा ७५ अर्ब ९६…