चालु आर्थिक वर्षको अन्तिम अर्थात असार महिनामा सरकारले दिनप्रति दिन ब्याजदर बढाएर आन्तरिक ऋण उठाउँदै आएको छ । सरकारले पुर्व निर्धारित तालिका अनुसार आन्तरिक ऋण उठाएको भएपनि ब्याजदरको सन्दर्भमा भने चासो नदिएको हो । सरकारले नै दोहोरो अंकको ब्याजदरमा आन्तरिक ऋण उठाउदै गरेको अवस्थामा पनि वाणिज्य बैंकहरुले भने आन्तरिक सहमती गरेर निक्षेपकर्तालाई ११ प्रतिशतसम्म मात्र…