युनाइटेड मोदी हाइड्रोपावर (UMHL) ले चालु आर्थिक वर्ष २०७७।७८ को तेस्रो त्रैमाससम्ममा २ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा ५ करोड २७ लाख रुपैयाँ नाफा कमाएको कम्पनीको खुद नाफा ४८ प्रतिशतले घटेको हो । समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी १८ करोड १३ लाख रुपैयाँमा झरेको छ…