श्रीलङ्कामा लोडसेडिङ्ग अझै बढ्ने

आर्थिक तथा राजनीतिक सङ्कटमा परेको श्रीलङ्कामा विद्युत कटौतीको समय अझै बढ्ने भएको छ । सरकारी अधिकारीहरुले विद्युत कटौतीसम्बन्धी नयाँ तालिका सार्वजनिक गर्दै शनिबारदेखि विद्युत कटौतीको समय बढेको जानकारी दिएका हुन् । अबदेखि हरेक दिन बिहान ९ देखि बेलुका ६ बजेसम्म विजुली कटौती हुने भएको छ । रातिको समयमा भने विजुली कटौती नगर्ने तालिका बनाइएको छ…