घरजग्गा कारोबारलाई छोएन तरलताको अभावले: ६८ अर्ब घर कर्जा प्रवाह, ७१ अर्ब राजस्व सङ्कलन

बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव कायमै छ । कोरोना कहरका कारण सङ्कटमा परेको आर्थिक गतिविधि क्रमशः सुधारको दिशामा गइरहेको छ । आम मानिसले सामान्य छलफलमा भन्ने गरेका छन्– पैसाको अभाव हुन थाल्यो । सरकारको विकास खर्च पनि उल्लेख्यरुपमा बढ्न सकेको छैन । बरु आयातको मात्रा भने उल्लेख्य वृद्धि भयो । त्यसले वैदेशिक मुद्रामा चाप…