उद्योगले आवश्यकता अनुसारको सुपारी आयातको अनुमति पाउँछ : मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योगले आवश्यकता अनुसारको कच्चा पदार्थ (सुपारी) आयातको अनुमति पाउने बताएका छन् ।  प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा शुक्रबार  उनले उद्योगको आवश्यकता अनुसार नै सरकारले सुपारी आयातको अनुमति खुलाएको बताए । उनले व्यवसायीले कच्चा पदार्थ ल्याउने तर उद्योगीले आवश्यक कच्चा पदार्थ नपाउने गुनासो…