शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले लिलाम बढाबढमा बिक्रीमा ल्याएको ४५ हजार ९९१ कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । उक्त सेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरुले आज बिहीबार (वैशाख २२ गते) कार्यालय समयभित्र एनआईसी एशिया क्यापिटल लिमिटेडको कार्यालय बबरमहल, काठमाण्डौंमा आवेदन दिनुपर्नेछ । बैंकले बैशाख बुधबारदेखि बिक्रीमा ल्याएको उक्त सेयर संस्थापक सेयरधनीहरुसँगै…