विगत पाँच दिनको अवधिमा महोत्तरीमा स्रोत नखुलेको ६३ लाखसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार गत आइतबार ५५ लाखसहित दुई युवक पक्राउ परेका थिए भने बिहीबार ८ लाखसहित थप एक युवक पक्राउ परे । जिल्लाको जलेश्वर–बर्दिबास सडकखण्डको औरहीमा गत आइतबार दिउँसो स्रोत नखुलेको ५५ लाखसहित औरही…