तोलामा ३८ सयले बढ्यो सुनको भाउ, कति छ चाँदीको भाउ ?

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको भाउ बढेको छ । सोमबार घटेको सुनको भाउ आज तोलामा ३ हजार ८०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला ३ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो…