केन्द्रीय तथ्यांक विभागले नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको जनाएको छ । बुधबार केन्द्रीय तथ्यांक विभागले नेपालको जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै सो जानकारी दिएको हो। १० वर्ष अघिको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो। १० वर्षमा नेपालको जनसंख्या २६ लाख ९७ हजार ९ सय ७६ अर्थात १०.१८…