राष्ट्रियसभाको यही माघ १७ गते बस्ने तय भएको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले आज जारी गर्नुभएको सूचनामा सोमबारका लागि तय भएको बैठक अर्को सूचना नआएसम्म स्थगित भएको उल्लेख छ ।सूचनामा भनिएको छ, “राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभा…