बुधबार सुनको मूल्यमा सामान्य गिरावट, चाँदी स्थीर

बुधबार सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको हो । महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ, तेजावी सुनको मूल्य ९१ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार २१० रुपैयाँ कायम गरिएको छ ।…